निको भएर फर्किएका तिन जनामा कोरोना भाइरस (कोभिड–१९) को पुन: संक्रमण देखिएको छ । रौतहटका एक युवक, वीरगञ्जको छपकैयास्थित मस्जिदका जमाती र सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ बर्षिय पुरूषमा पुनः संक्रमण देखिएको हो ।
रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै सनसिटी बस्दै आएका पुरूष ११ दिन अघि उनकी आमा संगै डिर्चाज भएका थिए । उनी अहिले पाटन अस्पतालमा भर्ना भएकाछन ।
