Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

एकसाथ १५ जना डिस्चार्ज

जनकपुरधाम

User Photo शनिबार, जेष्ठ २४, २०७७
काठमाण्डाै ।

प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन्। गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएका १४ पुरुष र एक महिला कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका हुन्।

धनुषा, महोत्तरी, सर्लाही र भारत बिहार मधवापुरका संक्रमित घर फर्केको प्रादेशिक अस्पताल जनकपुरका डा. कुलदिप पण्डितले जानकारी दिए। उनका अनुसार ७ जना नेपाली र ८ जना भारतीय नागरिक घर फर्केका छन्। डिस्चार्ज हुनेमा १८ वर्षदेखि ४५ वर्षका व्यक्ति रहेको डा. पण्डितले बताए। डिस्चार्ज गरिएकाहरुमा कोरोना भाइरस सम्बन्धी कुनै पनि लक्षण नदेखिपछि दोस्रो र तेस्रो पटक स्वाब लिएर १४ दिनमा घर पठाइएको डाक्टर पण्डितले जानकारी दिए।

प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना संक्रमित भएर आएकामध्ये २३ जना घर फर्किसकेका छन्। अस्पतालमा अहिले एक जना महिलासहित जम्मा १४ जना कोरोना संक्रमितहरु रहेका छन्। कोरोनाको कुनै पनि लक्षण नदेखिएपछि नेपाल सरकारको स्वास्थ्य निर्देशिका अनुसार सबैलाई डिस्चार्ज गरिएको छ। प्रदेश २ मा हालसम्म १९ हजार ९ सय ५९ थ्रोट र नोजल स्वाब परीक्षणबाट ९ सय ८३ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए।

प्रदेशमा संक्रमित रौतहट ३९०, सर्लाही १४९, पर्सा ११४, धनुषा ९२, बारा ७०, सप्तरी ६९, महोत्तरी ५२ र सिरहामा ४७ जना संक्रमित गरी ९८३ संक्रमित छन्। जसमध्ये १ सय २३ जना कोरोना संक्रमित व्यक्तिहरु उपचारपश्चात निको भएर घर फर्किेसकेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.