Naya Media
बिहिबार, भदौ ४, २०८३
| | August 19, 2026
बिहिबार, भदौ ४, २०८३

वीरगन्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

User Photo बुधबार, भदौ ३, २०७७
काठमाण्डाै ।

वीरगन्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

विर्ताका ८४ वर्षीय पुरुष गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसैगरी भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न साढे ३ बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो । नारायणीको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजिटिभ आएको प्रशासन कार्यालयले जनाएको छ । पर्सामा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.