
वीरगन्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।
विर्ताका ८४ वर्षीय पुरुष गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसैगरी भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न साढे ३ बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो । नारायणीको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजिटिभ आएको प्रशासन कार्यालयले जनाएको छ । पर्सामा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द