Naya Media
शनिबार, असार ७, २०८२
| | June 21, 2025
शनिबार, असार ७, २०८२
Advertisement

काठमाडौंमा मोनाेरेल : १ खर्ब १६ अर्ब लागतमा ३ वर्षभित्र निर्माण गरिने

User Photo
बिहिबार, भदौ २८, २०७५

 काठमाडौं उपत्यकामा माेनाेरेल सञ्चालन गर्नेबारे काठमाडौं/ललितपुर महानगरपालिका र चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) का महाप्रबन्धकबीच हस्ताक्षर भएको छ। प्रारम्भिक सम्भाव्यता प्रतिवेदनमा मेयरद्वय विद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन र सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच आज हस्ताक्षर भएको हो।

१ खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनोरेलका लागि आवश्यक संरचना ३ वर्षमा निर्माण गरिने सम्झौता भएको छ।


advertisement

चीनकाे कम्पनीले बनाएर केही समय चलाएर हस्तान्तरण गर्ने सहमति भएको छ। तीन चरणमा निर्माण गर्नेगरी सम्झौता भएको मेयर महर्जनले जानकारी दिए।

६ महिनामा डिपिअार बन्ने, त्यसकाे ६ महिनापछि काम सुरु गर्ने र त्यसपछिकाे ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

१७ वटा स्टेसन रहने मोनोरेल प्रतिघन्टा १०० किलाेमिटर गतिमा गुड्नेछ। जुन एक पटकमा ३ हजार यात्रु बाेक्ने क्षमताको रहनेछ।

प्राविधिक, भाैगाेलिक, वातावरणीय र अार्थिक रुपमा सम्भाव्यताका लागि तीन खण्ड छुट्याइएको छ। जसमा काेटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-काेटेश्वर रहेका छन्।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.