Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

प्रदेश ३ मा पर्यटन गुरुयोजनाः झिरघारीमा मैत्री बगैँचा, १० ठाउँमा हिल स्टेशन

User Photo
बिहिबार, अशोज ११, २०७५

तीन नम्बर प्रदेश सरकारले ‘घुम्न जाऔं दामन’ भन्ने नारासहित मकवानपुरको उत्तरी क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना बनाउने भएको छ । यही योजनाअन्तर्गत मकवानपुरको झिरघारीमा मैत्री बगैँचा निर्माणको शुभारम्भ गरिएको छ ।

३९ औं पर्यटन दिवसको अवसरमा बिहीबार मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेश ३ का सात जना मन्त्रीहरुले वृक्षरोपण गरेको बगैँचा निर्माणको शुभारम्भ गरेका हुन् । ‘घुम्न जाऔं दामन’को बोर्डसँगै झण्डत्तोलन पनि गरिएको छ ।


advertisement

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘विश्व पर्यटन दिवसको अवसरमा प्रदेशको पहिलो कार्यक्रम गरेका छौं । यसको खास महत्व छ । समग्र उत्तरी क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना बनाउँछौं ।’

पर्यटन विकासको गुरुयोजनाभित्र २० वर्षअघि स्थापना भएको मैत्री बगैँचा पनि पर्ने छ । बगैँचा व्यवस्थापनका लागि प्रदेश सरकारले २५ लाख र भिमफेँदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गर्ने निर्णय भइसकेको छ ।

कार्यक्रममा उद्योग वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश सरकारले १० ठाउँलाई छनौट गरी पर्यटकीय गन्तव्य बनाउने जानकारी दिए ।

दामनको सिमभञ्ज्याङबाट चिल्लाङ्गको चन्द्रागिरिसम्म पर्टकीय क्षेत्रको रुपमा विकास गरिने छ । सरकारले १३ जिल्लालाई लक्षित गर्द‌ै १० हिल स्टेसन पनि बनाउने छ । प्रत्येक स्टेसनमा ३ करोड खर्च हुने अनुमान छ ।

मन्त्री नेपालले समृद्धिको पहिलो आधार पर्यटन भएकाले सरकार पर्यटनको विकासमा लागेको बताए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.