Kanoon Post
बिहिबार, बैशाख २०, २०८१/ May 2, 2024,
बिहिबार, बैशाख २०, २०८१

गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन

काठमाण्डाै ।

गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ । राष्ट्रियसभामा प्रस्तुत विधेयककाे चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो ।

तर, गुठीविधयेकको विपक्षमा रहेकाहरुले सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि आन्दोलन रोकेका छैनन् । गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने उनीहरुको माग छ । यही माग राखेर राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्‍याली निकालेका छन् । त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट र्‍याली निकालिएको हो । र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा मिसिएको छ ।

केहीबेरमा हुने सम्बोधनमा विभिन्न व्यक्तिहरुले सम्बोधन गर्ने बताइएको छ । गुठी विधेयक विरुद्धको प्रदर्शनपछि अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading