Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

ललितानिवास जग्गा प्रकरणमा बाबुरामकाे प्रतिक्रिया- “देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु”

‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु

User Photo बिहिबार, माघ २३, २०७६
काठमाण्डाै ।

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा असहजता महसुस गरेको प्रतिक्रिया दिएका छन् ।

‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्,’ भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघिदेखि फस्ने नहोस् ।’

मन्त्रिपरिषद्ले सामूहिक रूपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

अदुअआले ललितानिवास क्याम्पभित्रको ११४ रोपनी सरकारी, सार्वजनिक जग्गा कब्जा गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुअआको प्रयत्न स्वागतयोग छ तर प्रथम दृष्टिय यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हाम्रा ऐन कानून र राज्यसंयन्त्र परिणाममुखीभन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.