खाद्यान्न आपूर्ति

राजधानीका बासिन्दालाई एक महिनाका लागि पुग्ने खाद्य सामग्री मौज्दात

कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या हुदैन
बिहिबार, फाल्गुन २२, २०७६, काठमाण्डाै । 

राजधानीका बासिन्दालाई एक महिनाका लागि पुग्ने खाद्य सामग्री मौज्दात रहेको छ । कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या नहुने सरोकारवालाको बताउँछन्।

थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्टले भने, ‘उपत्यकावासीलाई एक महिनासम्म पुग्ने गरी चामल, दाल र खाने तेलको मौज्दात छ।’ कोभिड–१९ बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिएर दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन सरकारले भने पूर्वतयारी थालेको छैन। सर्वोच्च अदालतले सोमबार दैनिक उपभोग्य वस्तुको व्यवस्थापनतर्फ पूर्वतयारी गर्न सरकारलाई आदेश दिएको थियो। अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा चामल, दाल, खाने तेल, तरकारी, इन्धनलगायत पर्छन्। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

विभागीय मन्त्री लेखराज भट्ट उपत्यकाबाहिर र सचिव बैकुण्ठ अर्याल नेपाल–बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटीसम्बन्धी पाँचांै सचिवस्तरीय बैठकमा सहभागी हुन बंगलादेशमा छन्। ‘मन्त्री र सचिवज्यू बाहिर भएकाले तत्कालै पूर्वतयारी सुरु भएको छैन’, मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँहरू आएपछि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक रणनीति बनाउँछौं।’ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन कुरेको छ। निजी क्षेत्रले पनि आन्तरिक रूपमा पूर्वतयारीका कुनै कार्य गरेको छैन।

थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्ट भने कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्छन्। ‘जोखिमका विषयमा हामी पनि जानकार छौं’, भट्टले भने, ‘बिहीबारदेखि हामी पूर्वतयारीबारे छलफल सुरु गर्दै छौं। अहिल्यै आत्तिनु पर्ने अवस्था छैन। हामीसँग एक महिनालाई पुग्ने प्रमुख खाद्य पदार्थ मौज्दात छन्।’ काठमाडौं उपत्यकामा दैनिक चामल ८० ट्रक, दाल १२ ट्रक र खाने तेल २० ट्रकको माग छ। ती वस्तु भारतीय नाकामार्फत आयात भइरहेको छ। भारतीय नाका अहिलेकै अवस्थामा सञ्चालन भइरहे उपत्यकावासीलाई खाद्यान्न अभाव नहुने संघले जनाएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अर्थ / बाणिज्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै