Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

आरडीटी परिक्षणमा पोजेटिभ देखिएका काभ्रेका दुई युवकमा कोरोना नेगेटिभ

User Photo बुधबार, बैशाख ३, २०७७
काठमाण्डाै ।

काभ्रेमा मंगलबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा एन्टीबडी पोजेटिभ देखिएका दुई युवकमा कोरोना संक्रमण नभएको पाइएको छ ।

बुधबार धुलिखेल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका एक अधिकारीले जानकारी दिए ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाका वासिन्दा दुई युवकमा आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

धुलिखेल अस्पतालमा बुधबारमात्र ५० जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म धुलिखेल अस्पतालको प्रयोगशालामा दुई सय ६३ जनाको कोरोना संक्रमण परीक्षण भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.