Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

बूढानीलकण्ठकी एक महिलामा र्‍यापिड टेस्ट गर्दा देखियाे काेराेना पोजेटिभ

User Photo बिहिबार, बैशाख ४, २०७७
काठमाण्डाै ।

इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ ।

बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण सुरु गरेको थियो । त्यसक्रममा उनी आफैं जाँच गराउन आइपुगेकी थिइन् ।

‘२२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको थिएँ भन्दै आउनुभयो । टेष्ट गर्दा पोजेटिभ आयो’ मेयर उद्धवप्रसाद खरेलले भने, ‘उहाँ विदेशबाट आउनु भएको स्थानीय तहको रेकर्डमा थिएन ।’

चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ । बुधबार भएको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।

र्‍यापिड टेष्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

मेयर खरेलकाअनुसार स्थानीय तहले विदेशबाट आएकाहरुलाई सूचीकृत गर्न भनेको थियो । तर धेरैले नगरेको पाइएको छ । अहिले र्‍यापिड टेष्टका क्रममा भने उनीहरु सम्पर्कमा आएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.