Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

डोल्पामा कोरोनाबाट एक जनाको मृत्यु

User Photo शनिबार, जेष्ठ २४, २०७७
काठमाण्डाै ।

डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो। यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए। पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो।

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई उद्धृत गर्दै जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको जैसीले बताए । गाँउपालिकाका सबै नाका सिल गरिएको र गाँउ सिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए।

‘प्रदेश सरकारसँग सहकार्य भइरहेको छ सबै क्षेत्रबाट परीक्षणको लागि अपिल गरेका छौँ’ उनले भने–‘यदि समयमा परीक्षण नगरिए गाँउपालिकामा ठूलो क्षति हुन सक्छ।’ जिल्लाबाट स्वास्थ्यकर्मीको टोली जाने र मृतकको सम्पर्कमा आएका सबैको विवरण आएपछि प्रतिष्ठानबाट पनि स्वास्थ्यकर्मी आउने भन्दै प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले नआत्तिन आग्रह गरे।

उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए। उनीहरु हाल क्वारेन्टाइनमा छन्। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.