कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । याे संगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६६ पुगेकाे छ ।
दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।
१७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ भैरहेको अस्पतालले जनाएको छ ।
आजै काेराेनाबाट ५ जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी गराइसकेकाे छ ।
