Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

राजसंस्थाको माग गर्दै काठमाडौं उपत्यकामा प्रदर्शन

User Photo शनिबार, मंसिर २०, २०७७
काठमाण्डाै ।

राजसंस्थाको माग गर्दै शनिबार काठमाडौं उपत्यकामा प्रदर्शन भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेका थिए ।

पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले आफूहरुको तीन माग रहेको बताए । राजसंस्था स्थापना, तथा संघीयताको र धर्म निरपेक्षताको खारेजी आफूहरुको माग भएको उनले बताए ।

अर्का अधिवक्ता बालकृष्ण बस्नेतले आफूहरुले हिजोको जस्तो राजा होइन, बेलायत र जापानको जस्तो राजसंस्था खोजेको बताएका छन् । यसका लागि आगामी फाुगन ७ गते काठमडौंबाट निर्णायक आन्दोलन गर्ने उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.