Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगे सार्वजनिक बस चढेर बुटवलबाट लुम्बिनी

नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज हुने बिश्वास

User Photo शनिबार, जेष्ठ ४, २०७६
बुटवल ।

मुख्यमन्त्रीलाई सरकारले गाडी सुविधा दिएको छ । आफ्नै गाडीमा सुरक्षाकर्मीको टोली अघिपछि लाउँदै मुख्यमन्त्रीहरु हुइँकिन्छन् । शनिबार बिहान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भने सार्वजनिक बस चढेर बुटवलबाट लुम्बिनी पुगे । रुपन्देहीका बिभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उदघाटन गरेपछि मुख्यमन्त्री पोखरेल श्रीमतीसहित सोही बस चढेर लुम्बिनी पुगेका हुन् ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर रुपन्देहीमा सुविधा सम्पन्न सार्बजनिक बस सेवाको सिद्धबाबाबाट शुभारम्भ गरिएको छ । एसी र वाइफाइ जडित १० वटा अपांगमैत्री बस बुटवल लुम्बिनी चल्नेछन् । ५२ सिटको क्षमताका बसमा सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले यातायात क्षेत्र पर्यटकमैत्री बनाउन जरुरी रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको बिकासमा यातायातको महत्व धेरै भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज बिश्वास समेत ब्यक्त गरे ।

यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनी लिमिटेडले एसी बसहरु सञ्चालनमा ल्याएको हो । ती बसहरु बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूटमा गुड्ने छन् । बुद्ध सर्किटमा पनि चलाउने गरी लिमिटेडले अनुमति लिइसकेको छ ।

गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । ‘बुटवल-भैरहवामा आवत-जावत गर्ने यात्रुले पनि अबदेखि सहज यात्रा गर्न पाउनेछन्, माइक्रो बसमा कोचाकोच हुनुपर्ने अबस्थाको अन्त्य हुनेछ,’ अध्यक्ष पोखरेलले भने ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.