Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 2, 2026
बुधबार, जेष्ठ २०, २०८३

एनसेल ‘बढार्ने जनसंघर्ष’ को क्रममा हुने सम्भावित क्षतिप्रति सचेत रहन अपिल

एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह

User Photo सोमवार, माघ १३, २०७६
काठमाण्डाै ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको छ ।

एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

नेकपा पाल्पाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेल ‘बढार्ने जनसंघर्ष’ को क्रममा हुने सम्भावित क्षतिप्रति सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

‘आजैका दिनदेखि घर, आँगननजिक, घरको छतमा राखिएका एनसेलका टावरहरू हटाउन र एनसेलको सिम बहिस्कार गर्न आम जनसमुदायलाई पार्टी हार्दिक अपिल गर्दछ,’ नेकपा पाल्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विप्लव समूहको निशानामा देशभरका एनसेल टावर पर्दै आएका छन् । गएराति मात्रै मकवानपुरका दुई एनसेल टावरमा आगजनी भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.