Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

बागलुङमा थप एक महिलामा काेराेना संक्रमण, थप परीक्षणका लागी स्वाव काठमाण्डाै पठाइदै

User Photo आइतवार, चैत्र ३०, २०७६
काठमाण्डाै ।

दुई जनामा संक्रमण पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) मा पोजेटिभ देखिएको छ।

जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टीकासंगम बिकले जानकारी दिए।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ। उनी केही साता अघि मात्रै गाउँका सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी हुन्।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए।

‘तीन दिनदेखि जारी र्‍यापिड टेष्टका क्रममा काठेखोलामा एक जनामा रिपोर्ट पोजेटिभ देखिएको जानकारी आयो,’ प्रजिअ शैजुले भने, ‘अब शंकास्पद महिलासहित उनको परिवार र सम्पर्ककमा भएकालाई क्वारेन्टाइनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सुरक्षाकर्मीको टोली त्यस तर्फ पठाएका छौँ।’

गत शुक्रबारदेखि जिल्लाभर थालिएको कोरोनो भाइरस (कोभिड-१९) र्‍यापिड डाइगोनोस्टिक टेष्टमा शनिबारसम्म ४ सय ७६ जनाको गरिएकोमा सबैका रिपोर्ट नेगेटिभ आएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.