Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

सबै भन्दा पछी संक्रमण देखिएकाे कर्णाली प्रदेशमा फैलिदै काेराेना, संक्रमितको संख्या २३ पुग्याे

User Photo मङ्लबार, जेष्ठ १३, २०७७
काठमाण्डाै ।

सबैभन्दा पछि देखिएको कर्णाली प्रदेशमा पनि कोराना तीब्र गतिमा फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ।

भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या २३ पुगेको हो। यसअघि कर्णालीमा ११ जनामा कोरोना संक्रमण देखिएकोे थियो।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार बबई सुब्बाकुना र घण्टाघरस्थित क्वारेन्टाइनबाट लिइएका केही नमुनामध्येमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको होे। उनीहरूको स्थायी ठेगाना खुलाइएको छैन।

पछिल्लो समय भारतबाट कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक भित्रिरहेका छन। कर्णाली अन्य ६ वटा प्रदेशमा संक्रमण देखिँदा पनि शून्य संक्रमण थियोे । तर भारतबाट श्रमिक फर्किएसँगै कोरोना पनि ह्वात्तै बढ्न थालेको हो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.