Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्याे

User Photo मङ्लबार, असार ९, २०७७
सुर्खेत ।

सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेखका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । दैलेखको दुल्लुका ४५ वर्षीय व्यक्तिको कर्णाली प्रदेश अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार क्षयरोगका बिरामीसमेत रहेका ती व्यक्तिलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको थियो । ‘यहाँ आउँदाखेरि नै अवस्था गम्भीर थियो, हामीले आईसीयूमा राखेर उपचार गरिरहेका थियौं,’ उनले भने, ‘क्षयरोगीसमेत भएकाले कोरोनाले थप समस्या निम्त्यायो ।’

कर्णालीमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि दैलेख र डोल्पामा एक/एकजना तथा सुर्खेतमा दुई जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.