Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

नेपालगञ्जका १५ सहित बाँकेमा थप २० जना कोरोना पुष्टि

User Photo आइतवार, साउन २५, २०७७
काठमाण्डाै ।

बाँकेमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका २० जनामा कोरोना पुष्टि भएको हो ।

तीन सय जनाको पीसीआर परीक्षण गर्दा बांकेका २० जना र बर्दियाका २ जना गरी २२ जनामा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।

बाँकेका २० जनामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका ७ महिला र ८ जना पुरुष, कोहपुरका ४ जना पुरुष र एकजना ५२ वर्षका पुरुष जिल्ला समन्वय समिति बाँकेका रहेका छन् । ती पुरुषको ठेगाना डीडीसी बाँके लेखिएको छ । बर्दियाका संक्रमित दुबैजना महिला हुन् ।

एकजना गुलरिया नगरपालिका–५ कि ५६ वर्षीया र अर्की बांसगढी नगरपालिकाकी ४६ वर्षीया महिला हुन् । योसंगै बांकेमा कोरोना संक्रमितको संख्या ५ सय ९६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

कोरोना संक्रमित बढ्दै गएपछि बाँकेमा अत्यावश्यक सेवाबाहेकका क्षेत्रमा मंगलबार रातिसमम्मका लागि निषेधाज्ञा जारी गरिएको छ भने नेपालगञ्ज उपमहानगरपालिका सिल गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.