अनेरास्ववियुकाे संगठन विस्तार

जीवन ज्योती माविमा अनेरास्ववियुकाे संगठन विस्तार, संगीत बिसी अध्यक्षमा चयन

बुधबार, फाल्गुन १२, २०७७, काठमाण्डाै । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा- ओली पक्ष) निकट अनेरास्ववियु, जिल्ला कमिटी सुर्खेतले जिल्लाभरका शैक्षिक संस्थाहरुमा कमिटी विस्तार गरेकाे छ ।

यसै क्रममा मिती २०७७ साल फाल्गुन १२ गते जीवन ज्योती मावि चौकुने- ६ गुटुमा अनेरास्ववियुकाे ४१ सदस्यीय मावि एकाइ कमिटी गठन गरिएकाे अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा चौकुने गाँउ कमिटी सयोजक इन्द्र बहादुर चलाउनेले जानकारी दिएकाछन।

कमिटीकाे अध्यक्षमा संगीत बिसी चयन भएकाछन । त्यस्तै उपाध्यक्षमा बिरेन्द्र नेपाली, सचिवमा शृष्टी जैशि, सह-सचिवमा ललिता जैशी, जानकी धमाल, जितिक्षा बयक, पुस्कल दानी तथा काेषाध्यक्षमा टंक बिक चयन भएकाछन ।

नव गठित मावि कमिटी संगै चौकुने गाँउपालिका भित्र रहेका सम्पुर्ण माविमा इकाइ कमिटी गठन सकिएकाे चलाउनेले जानकारी दिए । सबै विद्यालयहरूमा बिध्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेकाे उनले बताएकाछन ।

अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा चौकुने गाउकमिटी को सयोजक इन्द्र बहादुर चलाउनेकाे अध्यक्षतामा एक कार्यक्रम गर्दै कमिटी विस्तार गरिएकाे हाे ।

कार्यक्रमकाे प्रमुख अथिती जिल्ला केन्द्रिय कमिटी का सदस्य गोपल घिमेरे रहेका थिए भने जिल्ला कमिटी सचिवालय सदस्य तथा चौकुने गाउँ कमिटि सचिव रिता रोकयाले कार्यक्रम संचालन गरेकी थिइन ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा प्रदेश नं- ६ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै