कैलालीमा विङगर दुर्घटना १ को मृत्यु ११ घाइते (फोटो सहित- पुरा जानकारी)

रमेश बजगाई, साउन १७, कैलाली । विङगर भ्यानको ठक्कर बाट घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिका ९ खमरियाका पञ्च राम चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।लम्की स्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लालरत्न अस्पतालले जानकारी दिएको छ ।आज बिहान करिब ९ बजे तिर नेपालगञ्ज बाट धनगढी तर्फ गइरहेको भे १ ज ६३५ नम्बरको विङगरले लम्कीचुहा ८ गप्कामा साइकल चढेर सडक पार गरिरहेका चौधरीलाई ठक्कर दिएको थियो ।

विङगरमा दुर्घटनामा अन्य ११ जना घाइते भएका छन । घाइतेहुनेहरुमा धनगढीकी समिक्षा मल्ल ,पर्शुराम नगरपालीका का मोती भट्राइ,ठाकुरबाबा नगरपालीकाकी सिता थापा ,कैलारि गाउपालीकाकी यमुना गौतम ,कैलारिकै टंक बोहरा श्रेया चौधरी, रबिना चौधरी ,ठाकुरबाबा नगरपालीका की पबित्रा सुनार ,महाबिर थापा ,बर्दीयाका झुमा खडका ,नन्दा कलि सुनार रहेका छन ।उनिहरुको अस्पतालमा उपचार भइरहेको छ ।गाडी चालकलाइ प्रहरीले नियन्त्रणमा लीएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बिहि, साउन १७, २०७५ (August 2, 2018, 11:57 am) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै