पुजा होटलका संचालकले १३ बर्षकि बालिका लाई बलात्कार गरे

आइतवार, साउन २०, २०७५, । 

रमेश बजगाई साउन २०  / लम्की ,कैलालीको लम्कीचुहा नगरपालिका ३ चिसापानी स्थित पुजा होटलका संचालक बसन्त बुढाले एक बालिका लाई बलात्कार गरेका छ । चिसापानी कै नाम परिवर्तन १३ बर्षकि सम्झना लाई आफनै होटलमा २० बर्ष का बुढाले जबर्जस्ती बलात्कार गरेको पीडित बालिकाका आफन्तले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।

होटल संचालक बसन्तले साउन१७ गते होटलको बाथरुममा सम्झनालाइ बलात्कार गरेको इलाका प्रहरी कार्यलय लम्किले जानकारी दिएको छ । पीडित का बुवाको उजुरीको आधारमा पुजा होटलका संचालक बसन्तलाई पक्राउ गरि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यलय लम्की ले जानकारी दिएको ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, साउन २०, २०७५ (August 5, 2018, 12:14 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै