Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

बाल विकास शिक्षक समिति कैलालीको अध्यक्षमा तिमिल्सैना

User Photo सोमवार, साउन २१, २०७५

रमित पाण्डे, लम्की । नेपाल बाल विकास शिक्षक समिति कैलालीको अध्यक्षमा निर्मला तिमिल्सैना चयन हुनु भएको छ ।

यस अघि अध्यक्ष रहनु भएको लक्ष्मी भट्ट प्रदेश नम्बर ७ को अध्यक्ष बनेपछि रिक्त रहेको उक्त पदमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा कार्यरत बाल विकास शिक्षिका निर्मला तिमिल्सैना अध्यक्ष चयन हुनु भएको हो ।

यस अघि जिल्ला उपाध्यक्षमा रहनु भएको तिमिल्सैनालाई आज धनगढीमा बसेको नेपाल बाल विकास शिक्षक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।

यसैगरी आजको बैठकले २१ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा गीता रावल कुवर र उपाध्यक्षमा चित्रा ढुङ्गानालाई चयन गरेको नेपाल बाल विकास शिक्षक समिति कैलालीका सचिव पार्वती कंडेलले बताउनु भएको छ ।

बैठकले नेपाल बाल विकास शिक्षक केन्द्रिय समितिको २०७५ साल साउन १६ गते बसेको बैठकले बाल विकास शिक्षकका विभिन्न माग राखी आगामी साउन २५ गतेदेखि भाद्र २२ गते सम्मका लागि जारी गरेका आन्दोलनका कार्यक्रमहरुलाई कैलाली जिल्लामा समेत सशक्त बनाउने निर्णय गरेको नव निर्वाचित अध्यक्ष निर्मला तिमिल्सैनाले बताउनु भयो ।

प्रारम्भिक बाल विकास (इसिडी) मा कार्यरत शिक्षकहरु शिक्षा ऎनको आठौं संशोधनले इसिडिलाई विद्यालय तहमा समायोजन गरेपछि अन्य शिक्षक सरह सेवा सुविधा पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका छन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.