सरकारी जागिरे मोनिका बनिन् पहिलो मिस फारवेस्ट

आइतवार, अशोज २१, २०७५, । 

शनिबार राति सम्पन्न ‘मिस फारवेस्ट-२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङले जितेकी छन् ।

शनिबार राति धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै सरकारी जागिरेसमेत रहेकी २३ वर्षकी गुरुङले उपाधि जितेकी हुन ।

उनी सव इन्जिनियर पदमा सिञ्चाई डिभिजन कार्यालयमा कार्यरत छिन् । मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त गरेकी गुरुङलाई पूर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराएकी थिइन् ।

प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनर अप र दिव्या गैरे सेकेन्ड रनर अप भइन । फष्ट रनर अप ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड रनरअफ गैरेले नगद २५ हजार हात पारिन् ।

रोयल कोलाबरेसन प्रालि नेपालले आयोजना गरेको ‘मिस फारवेष्ट -२०१८’ को निणर्ायकहरुमा पूर्व मिस नेपाल सुगारिका केसी, गायक तथा गीतकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, अशोज २१, २०७५ (October 7, 2018, 2:12 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै