सांसद रावल र खानेपानी मन्त्री बिच भेटघाट

आइतवार, कार्तिक ११, २०७५, । 
काठमाडौ ,कार्तिक ११ कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावल र खानेपानी तथा सरसफाइ मन्त्री विना मगर बीच आज भेट घाट भएको छ । क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा खानेपानीको समस्या भएको गुनासो आए पछि सांसद रावलले खानेपानी मन्त्री संग छलफल गर्नु भएको छ ।
लम्की साना सहरी खानेपानी संस्था का अध्यक्ष तेज बहादुर चलाउने लगायतका ब्यक्तिहरु नेतृत्व गर्दै सांसद रावल खानेपानी मन्त्रालय पुग्नु भएको टोलिमा सहभागी धनन्जय न्यौपानेले जानकारी दिनु भएको छ । पुरानो संरचना अनुसार नै खानेपानी रहेकाले यश लाई थप बिस्तार गर्ने लम्की खानेपानीको टोलि काठमाडौ पुगेको हो ।
छलफलमा मन्त्री मगरले खानेपानी बिस्तारका लागी आफुले पहल गर्ने बताउनु भयो ।सह लगानी कार्यक्रम अन्तरगत कैलालीको लम्की चुहा नगरपालिका ४ कौवापुर ५ को तिलकपुर ३ को ब्यबस्थितनगर , र १ को कुन्टिखेत मा खानेपानी बिस्तार गर्ने आग्रह गरिएको छ । खानेपानी मन्त्री यस बारे सकारात्मक रहेको लम्की खानेपानी संस्थाका अध्यक्ष तेज चलाउनेले बताउनु भयो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, कार्तिक ११, २०७५ (October 28, 2018, 5:07 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै