कैलालीको लम्की चुहा नगरपालिकाले सरकारी गाडी किन्ने रकमले अस्पताल लाई दिने भएको छ ।
आज बसेको कार्यपालिका को बैठकले कार्यालय प्रयोजनका लागि गाडी किन्न छुट्याइएको ७५००००० पचहत्तर लाख रुपैया चुहामा बन्न लागेको अस्पताललाई दिने निर्णय भएको लम्की चुहा नगरपालिका मेयर महादेब बजगाइले बताउनु भयो ।
जनतालाइ सुबिधा सम्पन्न अस्पताल आवश्यक परेकाले महङ्गो गाडी चढ्नु भन्दा अस्पताल बनाउने काममा लगाउने सोच अनुसार निर्णय गरिएको मेयर बजगाइले बताउनु भयो ।
जनताले आफुलाइ काम गर्न पठाएकाले सुबिधा ठूलो कुरा नभएको उहाको भनाइ छ ।
केन्द्र मा महङ्गो गाडी खरिदको चर्चा चलिरहेको बेला लम्की चुहा नगरपालिका मेयर बजगाइले भने जन प्रिय निर्णय गरेका छन ।नगरपालिका को यो निर्णयले जनता खुसी भएका छन ।
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
-
१
-
२
-
३
