लम्की साँगितिक महोत्सव आज देखि सांसद झपट रावलले ले उद्घाटन गर्ने

बिहिबार, मंसिर १३, २०७५, । 

रमेश बजगाइ , मंसिर १३
“स्वाथ्य, शिक्षा, सुचना विकासको अभियान, कृषि, सँस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका लम्की साँगितिक महोत्सव २०७५ आज देखि सुरु हुँदै छ ।

सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्जको आयोजनामा हुने लम्की साँगितिक महोत्सवको एक भब्य समारोहका बिछ आज उद्घाटन हुने रेडियोका प्रबन्ध निर्देशक युवराज न्यौपानेले जानकारी दिनु भएको छ ।
महोत्सवको कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावलले उद्घाटन गर्नु हुने जनाइएको छ ।

मंच ब्यबस्थापन , स्टल बुकिङ ,कलाकार संगको सम्झौता सबै काम सकियका अब महोत्सव स्थल मा सबै लाई आइदिन लम्की सांगितिक महोत्सव मुल आयोजक समितिका संयोजक बुद्धि प्रसाल खनालले बताउनु भएको छ ।
महोत्सव अवलोकन गर्न ५० रुपैया टिकट लाग्ने छ ।विद्यार्थी ,जेष्ठ नागरिक र अपांग लाई प्रति टिकट मा १० रुपैया छुट दिई ४० रुपैया तोकिएको छ ।

यस क्षेत्रको पर्यटन विकासका साथै शिक्षा सुचनाको अभिबृद्धिका लागि आयोजना गरीएको महोत्सवमा करीब ३ लाख देखी ४ लाख जनताले अवलोकन गर्ने समेत अनुमान गरिएको छ ।

महोत्सवमा चर्चित उद्घोषिका रुपा घर्ती मगर, उमा देवि खनाल, गायकहरु प्रकाश सपुत ,गायक तथा मोडल दुर्गेश थापा,भुवन भट्टराई, गोपाल नेपाल जि एम, चक्र बम, देउडा गायक लाल बहादुर धामी, नबिन पौडेल, रमेश राज भट्टराई, डम्मर बिक, सुनिल नार्गजी, गायिकाहरु शान्ती श्री परियार, मेलिना राई, टीका प्रसाई, पुर्ण कला बिसि, रेखा जोशी, रिता के.सी., हाउडे माया सिर्जना खत्री, हिमानी ढुङ्गेल, हाँस्य ब्यङ्गय कलाकार दिपेन्द्र ओली, पाडे, जिक्री लगायतका स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिहिबार, मंसिर १३, २०७५ (November 29, 2018, 6:34 am) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै