टीकापुर ९ पौष
कैलाली क्षेत्र नं. २ का साँसद झपट रावल रानी जमरा कुलरिया सिचाँई आयोजना (कृषि तर्फ)को कुनै योजना छनौट समितिमा नरहेको स्पष्ट भएको छ ।
रानी जमरा कुलरिया सिचाँई आयोजना कृषि तर्फको कार्यालयले आज एक प्रेस विज्ञप्ती जारी गरी प्रादेशिक वा संघिय कुनै पनि साँसदको संयोजकत्वमा कुनै पनि खरिद वा छनौट समिती नरहेको स्पष्ट पारेको छ ।
कार्यालय प्रमुख सुनिल कुमार सिंहद्धारा जारी विज्ञप्तीमा माननिय साँसद झपट रावलको नाम जोडेर प्रकासित समाचार प्रति दुःख समेत प्रकट गरेको छ ।
विज्ञप्तीमा रानी जमरा कुलरिया सिचाँई आयोजना (कृषि तर्फ)का बारेमा स्थानिय केही पत्रिका प्रकासित समाचारअफबाह फैलाउने उद्धेश्यले आएको भन्दै भ्रममा नपर्न आग्रह समेत गर्नु भएको छ