टीकापुर ११ पौष
नया तुल्सी टेड्लिन्क टिकापुरका संचालक पर्शु राम चपाइले रानी जमरा कुलरिया सिचाँई आयोजनाको समाचारमा केही पत्रीकाले आफ्नो नाम जोडेर चरीत्र हत्या गर्ने काम भएको बताउनु भएको छ ।
टिकापुरमा आज पत्रकार सम्मेलन गरि संचालक चपाइले हुँदै नभएको कुरा पत्रीकामा छापी चरीत्र हत्या गर्ने काम भएको बताउनु भयो ।
बिगत धेरै बर्ष देखि आफू टिकापुरमा व्यापार गरिरहेको हुदा कुनै पनि ठेक्का पटटा मा सहभागी नभएको बताउनु भयो ।
सिचाइ आयोजनामा दबाब, प्रभाव दिइएको भनी हावादारी समाचार आएकोले गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।
कुनै ब्यक्तिको समाचार बनाउदा सो ब्यक्तिको धारणा पनि लिनु पर्ने न्युनतम पत्रकारिताको मापदण्ड भएकाले कुनै पनि ब्यक्तिले आफुलाई नसोधि आफू खुसी समाचार बनायको उहाको आरोप छ ।
इमान्दारिता पुर्बक व्यापार ब्यबसायमा लागेको ब्यक्ती लाई बदनाम गराउने काम दुखत भएको चपाइले बताउनु भयो ।