Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

यसरी मनाईयो लम्कीमा सहिद दिवस, लम्की जेसीजकाे आयोजनामा पनि स्कुलमा कार्यक्रम

User Photo बुधबार, माघ १६, २०७५

कैलाली । देशभर आज विभिन्न कार्यक्रम सहिद दिवस मनाइकाे छ ।

सहिद दिवसकाे अवसरमै कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा पनि विभिन्न कार्यक्रम आयाेजना गरिएकाे छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको सहिद स्मृति माध्यमिक विद्यालयमा नगरपालिका स्तरीय आधारभूत तह छात्रा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाको सहयोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिकला चलाउने को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बम रहनु भएको थियो ।

लम्कीचुहा नगरपालिकाका ११ विद्यालयको सहभागितामा “सहिद दिवस र यसको महत्त्व” विषयक वक्तृत्वकला प्रतियोगितामा जनप्रभात मावि तिलकपुरका लक्ष्मी बिष्टले प्रथम, सरस्वती मावि भुरुवाका चन्द्रमा जैशीले दोस्रो, जनसेवा मावि गणेशपुरका जानकी जैशीले तेस्रो र बालकल्याण मावि भुरुवाका सरिता दुब्राकोटीले चौथो स्थान प्राप्त गरेका छन ।

कार्यक्रममा विशिष्ट अतिथि लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत नारायणप्रसाद खनाल, श्रोत व्यक्ति टीकाराम जैशी, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैना, नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाका अध्यक्ष मोतिप्रसाद उपाध्याय लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पुरस्कर तथा प्रमाणपत्र वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक नोबेन्द्रा बरालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षिका पुष्पा खनालले गर्नु भएको थियो ।

त्यसैगरी सहिद दिवसकै अवसरमा लम्की जेसीजको आयोजनामा लम्कीचुहा नगरपालिका स्तरीय आधारभूत तह हाजिरीजवाफ प्रतियोगिता शम्भु सुनन्दा आधारभूत बिद्यालय चैनपुरमा सम्पन्न भएको 

छ ।

लम्कीचुहा नगरपालिकाका १५ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा सरस्वती मावि कौवापुरले प्रथम, बालकल्याण मावि भुरुवाले दोस्रो र सरस्वती मावि भुरुवाले तेस्रो स्थान प्राप्त गरेका छन ।

त्यसैगरी सहिद दिवसकै अवसरमा लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ को भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

“राष्ट्र निर्माणमा शहिदको भुमिका ” विषयमा भएको प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो । जुनियर रेडक्रस सर्कलका उपाध्यक्ष निलम बिष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी विद्यालका प्रधानाध्यापक रुपलाल जैशी रहनु भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.