Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

लम्की बहुमुखी क्याम्पसकाे आन्तरिक  खेलकुद प्रतियोगिता सम्पन्न

User Photo
शुक्रबार, माघ १८, २०७५

रमित पाण्डे, लम्की । लम्की बहुमुखी क्याम्पसमा गत माघ ९ गतेबाट सुरु भएको अन्तर संकाय खेलकुद प्रतियोगिता को आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

प्राध्यापक अमर रावल को सभापतित्वमा भएको कार्यक्रम को प्रमुख अतिथी क्याम्पस ब्याबस्थापन समितिका अध्यक्ष बखत बहादुर बिष्ट,विशिष्ट अतिथिमा क्याम्पस प्रमुख सरोज कुमार शाह रहनु रहनु भएको थियो ।


advertisement

गत माघ ९ गतेबाट सुरु भएको खेलकुद सप्ताहमा विभिन्न बिधामा बिजयि हुने विद्यार्थीहरुलाई प्रमाणपत्र ट्रफी र मेडल प्रदान गरिएको क्याम्पस प्रमुख सरोज कुमार शाहले जानकारी दिनु भयो ।

खेलकुद सप्ताहमा छात्र छात्रा भलिबल,फुटबल,ब्याटमिन्टन,१०० र १०००मिटरडौड,सटफुट,हाईजम्प,हाजरिजवाफ लगायतका खेलहरु भएका थिए ।लम्कीचुहाको स्नातकोत्तर तहसम्म पढाइ हुने यो क्षेत्रको एक मात्र उच्च शैक्षिक सस्था लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा ब्याबस्थापन,शिक्षा,मानबिकी संकाय र स्नातकोत्तर तहमा शिक्षा संकाय सम्म पढाई हुँदै आएको छ ।

प्रयाप्त भौतिक सुबिधा सम्पन्न आफ्नै बहाना भएको लम्की बहुमुखी क्याम्पस पछिल्लो समय सबैको रोजाईमा पर्दै आएको छ । कार्यक्रममा स्वभिउ सभापति ललित जैशि, अनेरास्ववियु क्रान्तिकारी सुरेन्द्र थापा,नेपाल विद्यार्थी संघका ललित देउवा,अखिल क्रान्तिकारिका कृष्ण बिक लगायतकाले मन्तव्य राखेका थिए ।

प्राध्यापक संघ सभापति टंक सापकोटाको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन प्राध्यापक प्रेम मुडभरिले गर्नु भएको थियो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.