Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

नाला निर्माणमा उपभोक्ता समितिको लापरबाही ,सस्तो मुल्यको सिमेन्ट प्रयोग

User Photo
बिहिबार, फाल्गुन २३, २०७५

इस्वर जैशी
शुखड,फाल्गुन २३
कैलालिको घोडाघोडी नगरपालिका -७, मा निर्माण भैरहेको कल्भर्टमा सस्तो तथा कम गुणस्तरको सिमेन्ट प्रयोग भएको छ । घोडाघोडी नगरपालिकाको वडा -७, करैचाको दक्षिण गौचर नालामा रु.१० लाख लागत नगरपालिका र रु .२ लाख जनश्रमदान गरि जम्मा रु. १२ लाखको लागतमा निर्माण भैरहेको कल्भर्टमा कम गुणस्तरको सिमेन्ट प्रयोग भएको हो । घोडाघोडी नगरपालिकाले दक्षिण गौचर नाला निर्माण उपभोक्त समिती लाई कल्भर्ट निर्माणको जिम्मा दिएको थियो । उक्त उपभोक्त समितीलाइ वितरण गरेको विकास योजनामा नगरपालिकाले दिएको स्टेटमेन्ट अनुसार ओ.पि.सि. सिमेन्ट प्रयोग गर्नु पर्ने थियो तर उपभोक्ता समितिले कम गुणस्तरको बजार मूल्य सस्तो पर्ने पि.पि.सि सिमेन्ट प्रयोग गरेको हो । उपभोक्ता समितिले निर्माणमा प्रयोग गर्नुपर्ने सिमेन्ट र प्रयोग गरेको सिमेन्टको बजार मूल्य प्रती बोरा रु. एक सय अन्तर रहेको छ। दक्षिण गौचर नाला निर्माण उपभोक्त समितीका अध्यक्ष चन्द्र कुमार चौधरीले जिद्दी गर्दै भने आफुहरुलाइ घोडाघोडी नगरपालिकाले दिएको स्टिमेट अनुसार नै गुणस्तरीय ओ.पि.सी सिमेन्ट नै प्रयोग गरेको बताएका थिए तर कालान्तरमा उपभोक्ता समितिले गल्ती गरेको प्रमाण पुष्टि भए पछि अध्यक्ष चौधरीले गल्ती स्वीकार्दै घोडाघोडी नगरपालिका सव-इन्जिनियर त्रीलोक शाहिले आफुलाइ बताए अनुसार पि.पि.सि सिमेन्ट पनि ठिकै हुन्छ भने पछि मात्र आफुहरुले पि.पि.सी सिमेन्ट प्रयोग गरेको बताएका हुन ।
यस बारेमा आफुले दक्षिण गौचर नाला कल्भट निर्माण उपभोक्त समितिले निर्माण गरि रहेको कल्भटमा कम गुणस्तरको सिमेन्ट प्रयोग भैरहेको छ भनी स्थानीय एक जनाले आफुलाइ जानकारी गराए पछि मात्र आफुले थाहा पाएको र जानकारी पाउनासाथ अध्यक्षलाई फोन गरेर बुझन खोदा कल्भट निर्माणको ढलान कार्य भैरहेको अवस्था रहेको हुदा आफुले उनिहरुलाइ ढलान गर्दा सिमेन्टको मात्र बढाउन आग्रह गरेको बताएका थिए । थप कुरा जोड्दै घोडाघोडी नगरपालिका सव-इन्जिनियर शाहीले भने चिसोमा ढलान गर्दा ढलान सेट हुन समय लाग्ने हुदा ओ.पि.सि. सिमेन्ट प्रयोग गरिदै आएता पनि गर्मी मौसमा ओ.पि.सी र पि.पि.सी. दुबै सिमेन्टले बराबर नै ढलानमा कार्य गर्ने भएकाले ठिकै हुन्छ भनेको बताएका छन । कम गुणस्तरको र सस्तो मुल्यमा सिमेन्ट खरिद गरि उपभोक्त समिति द्वारा आर्थिक अनियमित गर्न खोजिएको तथा निर्माण उपभोक्त समिती गठन गर्दा समेत आफन्त तथा आफू नजिकका ब्यक्तिहरुलाइ नै उपभोक्त निर्माण समितिमा समाबेश गरेको पनि स्थानियले आरोप लगाएका छन ।
समुदायमा गरिने विकास योजनाहरुमा नागरिकहरुको अपनत्व होस भनि उपोभोक्त्ता समिती मार्फत बाडिएका विकास निर्माणका योजनाहरु नै कम गुणस्तर हुनु र बिकास निर्माण योजनामा समेत आर्थिक अनियमितता व्याप्त हुदा समेत स्थानीय जनप्रतिनिधि पनि मौवन बस्ने गरेका छन् । घोडाघोडी नगरपालिका वडा -७ का वडा अध्यक्षका धन बहादुर बमका अनुसार एक तिनको सिमेन्ट हाल्दा ढलानमा केही फरक नपर्ने ल्याइसकेको सिमेन्ट किन फिर्ता गर्ने हो । बरु जसरी तसरी बलियो बनाउनुस अध्यक्ष ज्यु भनेर घोडाघोडी नगरपालिका सव-इन्जिनियर शाहीले आफुलाइ फोन मार्फत भनेका छन मत जनप्रतिनिधि धेरै कामले गर्दा एक छिन पनि बस्नै पाउदैनन् ,त्यस माथी पनि आफ्नो काम भनेको योजना पार्दिने हो के गरे कसो गरे भनेर हेर्ने होइन, त्यसकारण निर्माण योजनाहरुमा मापदण्ड के कति भनेर हेर्ने इन्जिनियर छन, बनाउने उपभोक्त छन त हामी आरु के भनौ हजुर, यो कुरा बारेमा अझै बढी घोडाघोडी नगरपालिका सव-इन्जिनियर त्रीलोक शाहीलाई नै थाहा भएकाले उहालाइ नै सोधपुछ गर्न आग्रह गर्नु भएको थियो ।


advertisement


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.