मङ्लबार, चैत्र ५, २०७५, ।
इस्वर जैशी, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी अस्पतालले रेडियोग्राफी सेवा सुरु गरेको छ । नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले आज एक कार्यक्रमका बिच Digital Radiography मेसिनको उद्घाटन गर्नु भएको हाे । सुदुर पश्चिममा पहिलो पटक अस्पतालले सेवा सुरु गरेको अस्पतालका अध्यक्ष बिस्नु सापकोटाले जानकारी दिनु भएको छ ।