कैलालीको लम्किमा जेसिसको आयोजनामा निजि विद्यालयका फाउन्डर र प्राध्यानाध्यापक लाई दुईदिने अध्यापन सम्बन्धि तालिम प्रदान गरिएको छ । तालिम आज समापन भएको छ ।
लम्की जेसिसको आयोजना र लम्की प्याब्सन को सहयोगमा चलेको तालिम हिजो र आज दुईदिन चलेको लम्की जेसिसका अध्यक्ष मोहन ढुंगानाले जानकारी दिनु भयो ।
तालिममा अध्यापन कसरी गराउने र अध्यापन सम्बन्धी अन्य कुरा सिकाएको थियो ।
आज भएको समापन कार्यक्रम लम्की जेसिसका अध्याक्ष मोहन ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुक अतिथी लम्की प्याब्सनका अध्यक्ष गोबिन्द शाह रहनु भएको थियो । बिकल सेरचन उषा मल्ल सिंह ले ट्रेनिङ्ग दिनु भएको थियो । समापन कार्यक्रमको संचालन लम्की जेसिसका उपाध्यक्ष चक्र उपाध्यायले गर्नु भएको थियो ।
