Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा पत्रकार सम्मेलनबाटै पक्राउ

User Photo बुधबार, असार १८, २०७६
कैलाली ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले बुधबार पत्रकार सम्मेलनबाटै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी नेतृत्वको टोलीले उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट अध्यक्ष देवकोटासहित संघका सदस्य विपिन साउँद र व्यवसायी दिनेश विष्टलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध गोदावरी नगरपालिकाले सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

अध्यक्ष देवकोटाले आफूहरुविरुद्ध विनाकसुर सार्वजनिक मुद्धा दर्ता गराइएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । गत असार १० गते गोदावरी नगरपालिकाको नगरसभा चलिरहेका बेला आफूहरुलाई बोल्न नदिएको भन्दै अध्यक्ष देवकोटासहित केही व्यापारीले बिरोध जनाएका थिए ।

नगरपालिकाले नगरसभामा अवरोध सिर्जना गरेको भन्दै उद्योग वाणिज्य संघका पदाधिकारीसहित केही व्यापारीविरुद्ध सार्वजनिक मुद्धा दर्ता गराएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.