Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

मेयर ममता प्रसाद चौधरीले गरे गाडीको चरम दुरुपयोग, परिवार सहित काठमाण्डौमा

User Photo मङ्लबार, साउन २८, २०७६
सुखड, कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले बारम्बार सार्वजनिक गाडीको दुरुपयोग गर्ने गरेका छन । नगर बासिहरूको सेवा र सुविधालाई प्रभावकारी बनाउन सहयोग पुगोस् भन्ने हेतुले खरिद गरिएको नगरपालिकाको गाडि प्राय जसो व्यक्तिगत र पाटिगत पर्याेजनको लागि प्रयोग बढी गर्ने गरेको आरोप नगर प्रमुख चौधरीलाई लाग्दै आइरहेको छ ।

महिनामा केही दिन मात्रै नगरपालिकामा उपस्थिति जनाउने गरेका नगर प्रमुख चौधरी नगरपालिका कै गाडी साथमा लिएर विगत केही हप्ता देखि परिवार सहित काठमाण्डौमा घुमिरहेकाछन । नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन र सम्पन्न भैसकेका विकास निर्माणका योजनाहरुको अनुगमनमा जादा समयमा गाडी भाडामा पनि नपाउने हुदा अनुगमनलाई समेत प्रभावकारी बनाउन नसकिएकोले अति आवश्यक भएको भन्दै घोडाघोडी नगरपालिका द्वारा यहि असाढ अन्तिम साता मात्रै रु ५५ लाखमा नयाँ गाडी खरिद गरेको थियो ।

नगरपालिकामा कार्यरत अधिकांस कर्मचारीहरुको भनाइ अनुसार नगरपालिकाले नयाँ गाडी खरिद गरेको केही दिनमै नगर प्रमुखले लिएर हिडेकाले आफुहरुले नयाँ गाडी देख्न समेत नपाएको उनिहरुको भनाइ रहेको छ ।

नगरपालिकाले खरिद गरेको नयाँ गाडीको विषयमा घोडाघोडी नगरपालिका निमित्त प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह भने “नगरपालिका ले कुनै गाडी खरिद गरेकै छैन ? बरु एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा हामी छौ ।”

नगर प्रमुखले काठमाण्डौ लिएर जानू भएको गाडी घोडाघोडी नगरपालिका को होइन ? भन्ने प्रश्नमा उनले हो, त्यो गाडी त नगरपालिकाले पहिले नै खरिद गरेको थियो भन्ने जवाफ दिए । उनले भने, नगर प्रमुखको स्वास्थ्यमा केही समस्या आएको हुदा उहाँ केही हप्ता देखि काठमाण्डौ तिर हुनुहुन्छ ।

तर काठमाण्डाैमा रहेका घोडाघोडी नगरपालिका प्रमुख चौधरीका अनुसार उनी उपचारका लागी नभइ विभिन्न महत्वपुर्ण याेजना कार्यान्वयनका लागी मन्त्रालयमा जानु पर्ने भएकाले काठमाण्डाै आएकाे बताएकाछन । नगर सभामा केही ठुला योजनाहरुको वृहत् छलफल भएको र तिनै मध्य केही योजना तथा अन्य केही महत्वपूर्ण योजनाहरु मन्त्रालय अन्तर्गत कार्यन्वयन गराउने उद्देश्य सहित आफू काठमाण्डौ आएको र विभिन्न मन्त्रालय धाउदै गर्दा समय बढिनै लागेको नगर प्रमुख चौधरीले बताएका छन ।

अबको केही दिनमै आफू कैलाली फर्किन लागेकाे समेत नगर प्रमुखले बताए । तर नगर प्रमुख चौधरी यस भन्दा पहिले पनि हप्तौं दिन सम्म काठमाडौ बस्नु भएको र नगरपालिकाले नयाँ गाडी खरिद गर्नासाथ फेरि आएर परिवार सहित काठमाडौ लिएर जानु भएको स्रोतले बताएको छ ।

हालै मात्र घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले काठमाण्डौमा नयाँ घर खरिद गरेका र सोही घरमा बस्दै आइरहेको समेत स्रोतको दावी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.