Naya Media
बिहिबार, असार ११, २०८३
| | June 24, 2026
बिहिबार, असार ११, २०८३

कैलालीको टीकापुरमा ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

User Photo आइतवार, मंसिर २२, २०७६
टीकापुर ।

कैलालीको टीकापुरमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। गएराती ११ बजेर ५५ मिनेटमा टिकापुर नगरपालिका ४ को अस्नेरीमा लम्की–टीकापुर सडक खण्डमा बिग्रिएर रोकि राखेको से १ क ४४३ नम्बरको ट्रकमा से ६ प ५४०९ नम्बरको मोटरसाईकल ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक २१ वर्षीय धु्रव शाहीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

बस्नेतका अनुसार उनको टीकापुर अस्पतालमा मृत्यु भएको हो। दैलेखको बिन्द्रासैनी नगरपालिका ४ घर भएका शाही टीकापुरमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.