Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कैलालीको बर्दगोरिया गाउँपालिकामा बाल कचहरी कार्यक्रम सम्पन्न !  

User Photo सोमवार, पुस ७, २०७६
काठमाण्डाै ।
रंगप्रसाद तिमिल्सैना लम्की/ पौष ७
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा आज बाल कचहरी कार्यक्रमको आयोजना गरिएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजनामा गुड नेवर्स इन्टरनेशनल नेपाल कैलाली र सेवक नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा बर्दगोरिया गाउँपालिकाको महुन्याल मावि बास्कोटीमा कार्यक्रम सम्पन्न भएको हो । “बाल अधिकारको सम्बर्द्धन : नेपालमा बाल विवाहको अन्त्य ” विषयमा बाल विवाह विरुद्धको अभियानलाई सघाउ पुर्याउन स्थानीय सरकार , जनप्रतिनिधि , बुद्धिजीवी , समाजसेवी , बाल अधिकारकर्मी, शिक्षक , बालबालिका तथा सरोकारवालाहरु सबै एकै मञ्चम उभिएर बालविवाह न्यूनीकरणको लागि चिन्तन मनन गर्ने र सम्बन्धित सबैको प्रतिबद्धता लिने उदेश्यले बाल कचहरी कार्यक्रमको आयोजना गरिएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौराको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भेक्कुराम चौधरी , वडा नम्बर ४ का अध्यक्ष पुरन सिंह बिसी, स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशी , शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट , गुड नेवर्श इन्टरनेशनल कैलालीका संयोजक देबेन्द्र भण्डारी , सेवक नेपाल कैलालीका शिक्षा विकास अधिकृत प्रेम चौधरी , श्रोत व्यक्ति निरिकनन्द लालकर्ण, महुन्याल मावि बास्कोटीका प्रधानाध्यापक चन्द्रीका जोशी, इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी सहायक निरीक्षक भरत बहादुर अधिकारी, विभिन्न्न विद्यालयका प्रधानाध्यापक , शिक्षक, पत्रकार तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले बाल अधिकार , बाल विवाह , बाल संरक्षण लगायतका विषयमा उपस्थित अतिथिहरुलाई प्रश्न राखेका थिए भने अतिथिहरुले प्रश्नहरुका उत्तर दिनु भएको थियो ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिकालाई बाल विवाह मुक्त गाउँपालिका घोषणाका लागि रणनीतिक योजना निर्माण गर्ने , बाल विवाह अन्त्यका लागि सरोकारवाला सबैले सामुहिक अभियान संचालन गर्ने, बाल अधिकारको सुनिश्चितताका लागि लाग्ने लगायतका बुदामा सहभागीहरुले प्रतिबद्धता समेत गरेका छन । गुड नेवर्श इन्टरनेशनल कैलालीका संयोजक देबेन्द्र भण्डारीले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा बाल अधिकारकर्मी रंगप्रसाद तिमिल्सैनाले गर्नु भएको थियो । कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका सरोकारवाला तथा बालबालिका गरि करिब एक सय जना बढीको सहभागिता रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.