Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कैलालीको लम्की चुहा ५ मा रहेको जन प्रभात माध्यामिक विद्यालयका ३९५ बिद्यार्थीहरुलाई झोला र स्टेसनरी बितरण

User Photo आइतवार, पुस १३, २०७६
काठमाण्डाै ।
रमित पाण्डे लम्की / पौष १३
कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ५ मा रहेको जन प्रभात माध्यामिक ३९५ जना बिद्यार्थीहरुलाई झोला बितरण गरिएको छ । गुड नेवर्श ईन्टरनेसनलको आर्थिक सहयोग र सेवक नेपालको प्राबिधिक सहयोगमा बिद्यालयमा अध्ययन गरिरहेका कक्षा शिशु देखि पाँच सम्मका बिद्यार्थीलाई एक एक थान झोला र अन्य स्टेसनरी सामाग्री बितरण गरेको सेबक नेपालका शिक्षा बिकाश अधिकृत प्रेम चौधरीले जानकारी दिनु भयो ।
बिद्यालयमा रहेको भवनको अभावलाई मध्यनजर गरि गुड नेवर्श ईन्टरनेसनलको आर्थिक सहयोग र सेवक नेपालको प्राबिधिक सहयोगमा बिद्यालयमा एउटा चार कोठा भएको भवन पनि निर्माण गरेको छ । लम्की चुहा नगरपालिकामा जन प्रभात लाई आफुहरुले होप स्कुल बनाउने योजना बनाएको चौधरीले बनाउनु भयो । बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रमेश रावलको सभापतित्वमा भएको झोला बितरण कार्यक्रमको प्रमुख अतिथि लम्की चुहा नगरपालिका वडा नम्बर ५ कि अध्यक्ष माया बिष्ट रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष माया बिष्टले वडा नम्बर ५ मा रहेका बिद्यालयलाई नमुना बनाउने आफुहरुको योजनामा गुड नेवर्श ईन्टरनेसनल र सेवक नेपालले सहयोग गरेकोमा धन्यवाद दिनु भयो । आगामी दिनमा पनि आफुहरु उहाँहरु सङ्ग सहकारे गरेर अगाडि बढने बताउनु भयो । लम्की चुहा नगरपालिका वडा नम्बर ५ बाट बिद्यार्थी बाहिर नजाउन वडामै रहेका बिद्यालयमा पढुन भन्ने आफुहरु चाहने बताउनु भयो ।
बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रमेश रावलले बिद्यालयलाई नमुना बनाउन आफू सधै लागि पर्ने बताउनु भयो । बिद्यालयका प्राध्यानाध्यापक रण बहादुर भण्डारिले लम्की चुहामै बढी बिद्यार्थी भएको विद्यालय जन प्रभात भएकोले सबैको सहयोगको अपेक्षा गर्नु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.