Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्की जेसिस वर्ष २०२० को अध्यक्षमा बबिता न्यौपाने (पाण्डे) निर्वाचित

User Photo आइतवार, पुस २७, २०७६
काठमाण्डाै ।

लम्की जेसिस वर्ष २०२० को अध्यक्षमा बबिता न्यौपाने (पाण्डे) निर्वाचित हुनु भएको छ । शनीबार राति लम्की जेसिज सभाहलमा सम्पन्न शाखा अबिधेशन बाट बबिता सर्ब सम्बतरुपमा अध्यक्ष पदमा निर्बाचित हुनु भएको निर्बाचन अधिकारी जुगराम चौधरीले जानकारी दिनु भएको छ । निर्बाचित अध्यक्ष बविता न्यौपानेले लम्की जेसिज बर्ष २०२० युवामय बनाउने उद्घोष समेत गर्नु भएको छ । जसको कार्यकारीणि उपाध्यक्षमा ललित देउवा र रामबहादुर चलाउने सर्बसम्मत चयन हुनु भएको छ ।

यस्तै उपाध्यक्षमा रजबहादुर थापा, भुपेन्द्र तिमिल्सैना, कमल बहादुर क्षेत्री र नारदप्रसाद जोशी सर्ब सम्बत रुपमा निर्बाचित हुनु भएको लम्की जेसिस वर्ष १९ का अध्यक्ष मोहन ढुंगानाले जानकारी दिनु भयो छ । लम्की जेसिस वर्ष अध्यक्ष हुने बबिता दोस्रो महिला हुन । लम्की जेसिज बर्ष २०१९ का अध्यक्ष महोन ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष रामबहादुर बोगटी रहनु भएको थियो ।

कार्यक्रममा लम्की जेसिजका पुर्ब अध्यक्ष खडानन्द सापकोटा, डम्बर बहादुर शाह, जुगराम चौधरी, लम्की लेडिज जेसिजका अध्यक्ष इशरा थापा, महा सचिव मिना बिष्ट, उपाध्यक्ष सृजना काफ्ले लगायतकाको सहभागिता रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.