Kanoon Post
शनिबार, बैशाख ८, २०८१/ April 20, 2024,
शनिबार, बैशाख ८, २०८१

Trending :

No tags found.

सरकारले गरेको एमसीसी सहायता सम्बन्धी सम्झौता राष्ट्रघाति हो: नेकपा माओवादी केन्द्र

काठमाण्डाै ।

ठूलो चलखेलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बर्तमान सरकारले गुपचुपमै पारित गर्न खोजी रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष रंगनाथ ढकालले आरोप लगाउनु भएको छ । कैलालीको लम्कीमा आयोजित राष्ट्रघाति, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी,माथिल्लो कार्णाली र सुचना प्रबिधी बिधेयकको बिषयमा धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता ढकालले यस्तो कुरा बताउनु भएको हो ।
बर्तमान सरकारले कथित योजनालाई मौनताका साथ कार्यन्वयन गर्न लागि परेको आरोप लगाउनु भयो । राष्ट्रघाती सम्झौतालाई कार्यन्वयन गर्दै नेपाललाई अमेरिकाको क्याम्पमा लैजाने दुस्साहस पुर्ण तयारी सरकारले गरेको भन्दै सरकारका विरुद्ध आपत्ति जनाउनु भयो ।
साथै सरकारले भारतको कालो सुचिमा रहेको जिएमआर कम्पनी सङ्ग ठूलो आर्थिक कमिशनको लोपमा परी माथिल्लो कर्णाली परियोजना सम्झौता गरेको समेत आरोप लगाउनु भएको छ । यस्ता जनघाती र राष्ट्रघाती सम्झौताको विरुद्धमा नेकपा माओबादी केन्द्रले जन बिद्रोह गर्ने चेतावनी समेत दिनु भएको छ ।
यसै गरि प्रेस सेन्टरका अध्यक्ष लोकराज जैशिले सुचना प्रबिधि बिधेयकको खुलेर बिरोध गर्न संचारकर्मिलाई आग्रह गर्नु भयो । सरकारले गरेको प्रेस तथा स्वतन्त्रता अभिव्यक्ति माथी गरेकोे प्रहार विरुद्ध र खारेजिका लागि सबै पत्रकार एक ठाउमा आउन आग्रह गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading