कैलालीको लम्किचुहा नगरपालिका २ गणेशपुरमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकजनाको ज्यान गएको छ ।
पुर्वबाट पश्चिमतिर जाँदै गरेको ना २ क ४५८ नम्बरको ट्रक र प्रदेश नम्बर २ (०३००४ प ९६११ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा कैलालीको लम्कीचुहा नगरपालिका बावनपुर बस्ने बर्ष ३६ बर्षिय रतन बिकको लम्की स्थित लालरत्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्रक र कैलालीको धनगडी बस्ने ट्रक चालक चेत सिह साउदलाई ईलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको छ । ट्रकले मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको हुन सक्ने प्रहरिले अनुमान लगाएको छ ।
काठमाण्डाै ।
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
