Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

दार्चुलामा नेपाली भूमि मिचेर भारतले खन्यो आधा किलोमिटर सडक

प्रधानमन्त्रीकाे संसदमा सम्बोधन- नेपाली भूभाग फिर्ता ल्याउछाै

User Photo आइतवार, फाल्गुन ४, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री ओलीले हिजाे मात्रै संसदमा सम्बोधन गर्दै भारतले मिचेका नेपाली भूभाग फिर्ता ल्याउने तयारीमा रहेको बताए । प्रधानमन्त्रीको यो भनाइलाई आजको कान्तिपुर दैनिकको मुख्य समाचारले काउन्टर दिएको छ । कान्तिपुरका अनुसार महाकाली नदी वारी भारतले सडक खनेको छ ।

उत्तरी सीमा व्यास क्षेत्रमा भारतले नेपाल भूमीमै आएर करिब आधा किलोमिटर सडक खनेको समाचारमा उल्लेख छ । ब्यास गाउँपालिका-१ को माल्पादेखि दोपखेसम्मको भागमा डोजर गुडाउने सडक, महाकाली नदी तार्न पुल र दुई काठेपुल भारतले बनाइसकेको छ ।

‘भारतले नेपाली भूमिका दुई ठाउँमा सडक बनाएर निर्माण सामाग्री ढुवानी गरिरहेको छ,’ समाचारमा लेखिएको छ, ‘व्यास गाउँपालिका-१ र २ वडाको सीमा क्षेत्र बयलीधारबाट करिब एक किलोमिटरमाथि झण्डै १५० मिटर सडक खनेर भारततर्फ लगिएको छ ।

त्यहाँबाट २५० मिटरमाथि गएर फेरि नेपाली भूमिमै आएर ३०० मिटर सडक खनेको छ । भारतले सीमा नदी महाकाली किनार हुँदै तिब्बत सीमा लिपुलेक जोड्ने सडक निर्माण गरिरहेको छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.