काेराेना फैलिनबाट राेक्न सरकार देखी विभिन्न संघसंस्था समेत लागि परिरहेकाछन । यसै क्रममा अनेरास्ववियु आक्रमक तरिकाले काेराेना विरूद्ध लाग्ने भएकाे छ । काेराेना विरूद्ध अनेरास्ववियुले विभिन्न गतिविधी तिव्र पारेकाे अनेरास्ववियुका केन्द्रीय सदस्य नेत्र मैनालीले बताएकाछन ।
विशेष गरि कैलाली कन्चनपुरका नेपाल भारत सिमा नाकामा कडाइका साथ चेकजाच गर्न अपिल गरेकाे र आफै संलग्न भएर अनेरास्ववियुले चेकजाचमा सहयाेग पुर्याइरहेकाेछ । यस्तै कैलालीकाे धनगढीमा अनेरास्ववियु जिल्ला समितीले विभिन्न ठाउँमा हात धुन सावुन पानी सहितकाे व्यवस्था पनि गरिरहेकाे छ । यस्ता क्रियाकलापमा निरन्तर लागि पर्ने अनेरनस्ववियुले बताएकाे छ ।
विशेष गरी सुदुरपश्चिमका प्राय गाउँमा काम गर्न भारत गएका नेपाली फर्किरहेकाछन । उनीहरू संगै काेराेना पनि भित्रिनन सक्ने जाेखिम बढेकाे छ । धेरै नेपाली भित्रि सकेपछी आज मात्रै सरकारले नेपाल भारत नाकामा निगरानी गर्ने निर्णय गरेकाे छ । तर अहिले सम्म घर गाउँ पुगिसकेका बाट पनि उतिकै जाेखिम छ । त्यसैले यस्ता घर पुगिसकेका देखि आउदै गरेकालाइ सेल्फ क्वारेन्टाइनमा बस्न, परिवार तथा समाजमा १०-१५ दिन घुलमिल नहुन आग्रह समेत गर्दै आएकाे छ ।
काेराेना विरूद्ध यस्ता गतिविधी अभियानकै रूपमा फैलाउदै जाने अनेरास्ववियुले बताएकाे छ । तत्काल स्वस्थ देखिएकामा पनि केहिदिन पछी देखिन सक्ने जाेखिम हुने हुदा सचेत हुन सबैमा अपिल समेत गरेकाे छ ।


