Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

चुलो नबलेको घरमा चुलो बाल्ने अभियानबाट लम्कीचुहाका २३ परिवारलाई खाद्यान्न सामग्री सहयोग ।

User Photo शुक्रबार, बैशाख ५, २०७७
काठमाण्डाै ।

लम्की/बैशाख ५
चुलो नबलेको घरमा चुलो बाल्ने अभियान अन्तर्गत लम्कीचुहा नगरपालिका वडा नम्बर १ र २ का २३ घरपरिवारलाई आज पनि राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्की , उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैना र युवा समाजसेवी नारायण तिमिल्सैनाको समन्वय तथा पहलमा दैनिक मजदुरी गरि खाने, बिपन्न्न, डेरामा बस्ने विद्यार्थी तथा एकल महिलाको परिवारलाई व्यक्तिगत रुपमा सहयोगी दाताहरुले उपलब्ध गराएको खाद्यान्न सामग्री लम्कीचुहा-१ का भुरुवा, तिल्केनी, कुन्टीखेत, राजीपुर र वडा नम्बर २ बघौराका २३ परिवारलाई हस्तान्तरण गरिएको हो ।
दैनिक मजदुरी गरि खाने, बिपन्न, डेरागरी बस्ने विद्यार्थी, अपांगता भएका तथा एकल महिलाहरूको परिवारमा लकडाउनका कारण चुलो नबल्ने भएपछि लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीका जयरुप बुढाबाट चार हजार दुई सय रुपैयाँ बराबरको ३ कट्टा (७५ केजी) चामल, ३ केजी दाल, ३ पोका नुन, ३ पोका तेल , एन आर एन लघुबित्त बित्तिय संस्था लम्की शाखाका शाखा प्रबन्धक अक्कलबहादुर शाही, क्षेत्रीय कार्यालय कोहलपुर बाकेका प्रबन्धक सुदिप कोइराला, क्षेत्रीय कार्यालय स्याउले डडेल्धुराका क्षेत्रीय प्रबन्धक गमबहादुर खडका र आईबिआरडी कंचनपुरका शाखा प्रमुख देबेन्द्र कुवरले संयुक्त रुपमा नौ हजार बराबरको ६ कट्टा ( १५० केजी) चामल, ६ केजी दाल, ६ पोका नुन, ६ पोका तेल, लम्कीचुहा नगरपालिका वडा नम्बर १ तिल्केनीका चन्द्रकान्त तिमिल्सैना, कलशा तिमिल्सैना, जानकी तिमिल्सैना, बिमकला तिमिल्सैना र लक्ष्मीप्रसाद तिमिल्सैनाबाट बीस हजार रुपैयाँ बराबरको १४ कट्टा( ३५० केजी) चामल, २१ केजी दाल, १४ पोका तेल र १४ पोका नुन सहयोग उपलब्ध गराउनु भएको सहयोग सामग्री २३ परिवारलाई वितरण गरिएको थियो ।
उक्त सहयोग सामग्री लम्कीचुहा-१, भुरुवाका गौमती विश्वकर्मा, कुन्टीखेतका कमल बि.क., तल्लो भुरुवाका हिमाल सन्ज्याल, राजीपुरका हरिभक्त भण्डारी, धना रिमाल, कौशी भुल, तिल्केनीका सज्जन भुल, सागर मिया, खुशीराम चौधरी, विवेक भुल, रंगा टमट्टा, सीता बिष्ट, नन्दकला जैशी, सावित्रा रिमाल, कश्मिरा काफ्ले, लक्ष्मी कोइराला, पुष्पा जैशी, जुना जैशी, नाक्ची जैशी, शान्ति जैशी, वडा नम्बर २ बघौराका गङ्गा भुल, कर्ण दमाई र लम्कीमा त्रीपाल हाली बसेको एक भारतीय परिवारलाई प्रति परिवार २५ केजी चामल, डेढ केजी दाल, १ पोका नुन, १ पोका तेल सहयोग हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापतिले रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ ।
खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, उपशाखा सचिव बिनोद आचार्य, उपशाखा सदस्य नबराज बजगाई, लम्कीचुहा वडा नम्बर १ का वडा सदस्य चन्द्रबहादुर बि.क., पत्रकार देवानन्द न्यौपाने, लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशी, सामाजिक अभियन्ता जनक बि. क., एम्बुलेन्स चालक संघका केन्द्रिय सदस्य इन्द्रबहादुर शाही लगायतकाको सहभागिता रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.