
कैलालीको जानकी गाउपालिका वडा नम्बर- ५ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । बिपन्न लाई राहत नदिएको भन्दै स्थानियले वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
वडाले राहत दिन्छु भनेर नदिएकोले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानियले बताएका छन । तर वडा नम्बर ५ अध्यक्ष भिम बहादुर थारुले तालाबन्दी गर्ने बिपन्न नभएर सम्पन्न परिवार भएको बताउनु भयो ।
हुने खानेले आफूलाई पनि राहत दिनु पर्ने भन्दै तालाबन्दी गरेको उहाँको भनाइ छ ।
हेर्नुहाेस भिडियाे