Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

लम्कीका वडा अध्यक्षकाे सह्रानिय काम, अलपत्र यात्रुलाई गन्तव्य पुर्याउदै

User Photo मङ्लबार, बैशाख ९, २०७७
कैलाली ।

मुलुकको विभिन्न ठाउँबाट पैदल हिडेर कैलालीको चिसापानीसम्म पुगेका व्यक्तिलाई एक मनकारी वडा अध्यक्षले गन्तव्यसम्म पुग्न सहयोग गरिरहेका छन् ।

लम्कीचुहा नगरपालिका- ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउनेले चिसापानीसम्म पुगेका व्यक्तिहरुलाई घरसम्म पुग्न सहयोग गरिरहेका छ्न । सो वडामा पर्ने चिसापानीलाई सुदूरपश्चिमकै प्रवेशद्वार मानिन्छ ।

सङ्घीय राजधानी काठमाण्डौंसहित विभिन्न जिल्लाबाट मजदुर, विद्यार्थी हप्तादिन पैदल हिडेर आइरहेका छन् । गाडीको व्यवस्था गरेर उनीहरुलाई गन्तव्यसम्म पुग्न सहयोग गरिरहेको वडा अध्यक्ष चलाउनेले बताए ।

‘पैदल यात्रीका खुट्टाको पैतला फुटेको देख्दा निकै दया लाग्छ’, उनले भने । ‘विभिन्न निकायको गाडी सहयोग माँगेर उनीहरुलाई गन्तव्यतर्फ पठाउने काम गरिरहेको छु ।’ बन्दाबन्दीको क्रममा अहिलेसम्म आएका एक हजार तीन जनाभन्दा बढी व्यक्तिलाई गन्तव्यतर्फ पठाइएको छ ।

व्यक्तिहरु पैदलै हिडेर दिनदिनै आउनेक्रम अझै जारी रहेको उनले बताए । ‘आजमात्रै करिब तीन सय जनालाई स्कुलको गाडीमार्फत गन्तव्यतर्फ पठाइएको छ’, उनले भने । त्यसरी आउनेमा विभिन्न ठूला परियोजनामा काम गर्नका लागि गएका मजदुरहरु बढी रहेको छन । त्यसमध्ये पहाडतर्फ जाने व्यक्तिलाई अत्तरिया प्रहरी र कैलालीका व्यक्तिलाई सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर पठाउने कार्य भइरहेको छ ।

‘स्थानीय तहसंग समन्वय गरेर पठाउँदा उनीहरुलाई क्वारेन्टाइनमा राख्न सहज पनि भएको छ’, वडा अध्यक्ष चलाउनेले भने । पहाडी जिल्लातर्फ जाने मजदुर, विद्यार्थीलाई अत्तरिया प्रहरीसंग समन्वय गरेर पठाइ रहेको वडा अध्यक्ष चलाउनेले बताए ।

बिगत धेरै दिन देखि उहाँले सयौ अलपत्र परेका यात्रुलाई गन्तव्य सम्म पुगाउन सहयोग गरि राख्नु भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.