Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

लियो क्लब अफ लम्कीको नेतृत्वमा अभियान्ता प्रकाश बिष्ट

User Photo बिहिबार, बैशाख ११, २०७७
काठमाण्डाै ।

लियो क्लब अफ कैलाली लम्कीको बर्ष २०२०/२०२१ को अध्यक्ष पदमा सामाजिक अभियान्ता प्रकाश बिष्ट लाई निर्बिरोध चयन गरिएको छ ।
आज लियो क्लब अफ कैलाली लम्की बर्ष २०१९ का अध्यक्ष बिरेन्द्र शाहीको अध्यक्षतामा बसेको बैठकले लियो क्लब अफ कैलाली लम्कीको बर्ष २०२०/२०२१ को अध्यक्ष पदमा सामाजिक अभियान्ता प्रकाश बिष्ट लाई निर्बिरोध चयन गरिएको हो ।

बिगतका बर्षहरुमा विभिन्न ठाउँहरुमा सहयोग गर्दै आएको र लम्की क्षेत्रमा लोकप्रिय संस्थाको रुपमा चिनिएको छ । लियो क्लब अफ कैलाली लम्की द्वारा गत बर्ष खेलिएको देउसी भैलो बाट संकलन भएको रकमले आँखा अस्पताल निर्माण कार्यमा सहयोग गरेको उक्त संस्थका निवर्तमान कोषाध्यक्ष उदय भाटले जानकारी गराउनु भएको छ ।

करिब ५ लाखको बराबरको अक्षयकोष निर्माण गरिएको छ त्यो ५ लाख बाट आउने वार्षिक ब्याज बाट गरिब ,असहाय , र अनाथ बालबालिका पढाई रहेको बर्ष २०१९ का अध्यक्ष बिरेन्द्र शाही ले बताउनु भएको छ ।

नयाँ अध्यक्षमा चयन हुनु भएका बिष्टले क्लबले आगामी दिनमा विभिन्न सामाजिक काम गर्दै जाने बताउनु भयो । यस्तै प्रथम उपाध्यक्षमा उदय भाट तेस्रो उपाध्यक्षमा कर्ण आचार्य, सचिवमा मीन बटाला, कोषाध्यक्ष कल्पना तिमिल्सिना,सहसचिव तुलाराम ओझा चयन भएका छ्न ।

अन्य केही पदाधिकारी चयन हुन बाकी छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.