
परिवारमा संकट आइलाग्दा परिवारले अभिभावक खाेज्छ, अभिभावककाे क्षमता र कुशलता समाधानमा देखिन्छ । त्यस्तै देश संकटमा परेकाबेला नागरिककाे मनले खाेज्छ त्यस्तै अभिभावक । देश र जनतामा परेकाे समस्या समाधानमा नै नेताकाे कुशलता र क्षमता जनताले देख्छन र अलिकती घाउमा मलम लगाउने नेतालाई विर्सीदैनन जनता । अहिले देश संकटमा छ । जनता संकटमा छन र प्रत्यकले आफुले चुनेर पठाएका साथै आफ्ना पशिनाकाे केही अंश दिएर देश र जनताका लागी काम गर भनी पठाएका नेताले सहयाेग गरिदिउन भन्ने तिव्र आकांक्षामा राखेकाछन । कम्तीमा सडककाे सुताइ र खान नपाएरै मर्ने दिन नआवस भन्ने चाहाना सम्म सबैले पुरा गर्न पाएका छैनन ।
याे संकटमा नै हाे नेताले सहयाेग गर्ने र गरेर देखाउने । यहि संकटमा सडकमा सुत्न बाध्य देखी घर भन्दा बाहिर आपतमा परिरहेका धेरैले घर जानकै लागी कयाै दुख छेलीरहेकाछन । कयाैँ मनकारी नेता तथा मनकारी सेवकहरूले सक्दाे सहयाेग गरिरहेकाछन, चाहे राहत दिएर हाेस वा कम्तीमा घर सम्म पुर्याउन सहयाेग गरेर हाेस ।
घर हिडेका कयाै अझै सठकमा अलपत्र छन । कयाै खान नपाइने चिन्ताले ग्रसित छन तर समाजका अगुवा, नागरिकका अभिभावकले पहल गरिदिदा यस्ताे संकटमा केही हद सम्म भएपनि जनतामा केही परे सरकार छ वा नेता छन भन्ने विश्वास त बढाउन मदत गर्छ । यस्तै कैलाली क्षेत्र नम्बर २ का संघीय सांसद झपट रावलले काठमाण्डाैमा रहेका विद्यार्थी लगायतलाई आफ्नै खर्चमा घर सम्म पुर्याइदिएर जनताकालागी सहयाेग गर्ने प्रयास गरेकाछन । उनकै कारणले घर पुग्न पाएपछी र घरमा रहेकाले आफ्ना छाेराछाेरी रआफन्त शकुशल घर पुगेपछी अहिले स्थानिय खुसी व्यक्त गरिरहेकाछन ।
कैलालीको लम्की चुहा नगरपालिका- ६ चौरीकी निकिता कोईराला बिगत ४ वर्षदेखि काठमाडौमा पढथिन । विश्वभरी फैलिएको कोरोना भाईरसले देश लक डाउन भएपछि काठमाडौमा उनलाई बस्न र खानको समस्या भयो । उनले भनिन, काठमाडौमा धेरै समस्या भयो, देशमा लकडाउन भएपछि काठमाण्डौका पसल पनि नखुल्ने, बाहिर निस्कन पनि समस्या भयो । धेरै कुराको समस्या भएपछि गाउँ जानू पर्ने तर घर जान पनि सजिलाे थिएन । यस्तैमा कैलाली क्षेत्र नम्बर २ का संघीय सांसद झपट रावलले पहल गरेर आफ्नो निर्वाचन क्षेत्रका समस्यामा परेका विद्यार्थीहरुलाई गाडिको व्यावस्था गरेर पठाउदै हुनुहुन्छ भन्ने सुने, आपतमा घर आउन पाइने भएपछी खुसी लाग्याे ।
उनी अहिले घर पुगि सकिन । भन्छिन् ‘घर आउन पाउँदा धेरै खुसी लागेको छ म सांसद ज्यु लाई धेरै धन्यवाद दिन चाहान्छु।’ गर्वका साथ उनी भन्छिन्, ‘अन्य क्षेत्रमा पनि सांसद छ्न नि आफ्ना क्षेत्रका विद्यार्थीहरुलाई घर पठाउन पहल धेरैले गरेका छैनन, सांसद हुन त हाम्रा जस्ता ।’
त्यस्तै मोहन्याल गाउँपलिका- ६ सोल्टाका रबिन शाही त्रिचन्द्र क्याम्पस काठमाडौमा बिएससि पढिरहेका थिए । उनकाे घर जानकै लागी मन आतुर थियाे । तर सम्भव भइरहेकाे थिएन । उनी भन्छन् ‘काठमाडौ डेरामा बस्दा खानको लागि पनि समस्या भयाे । पैसा पनि सकियाे । पाएको राहत सकिन थालेपछि समस्यामा थियौ । तर अहिले घर आउन पाउँदा धेरै खुसी लागेको छ ।’
खुसी व्यक्त गर्दै रविन भन्छन् ‘सांसद ज्यु लाई हृदय देखीनै धन्यवाद दिन चाहान्छु ।’ चिसापानी पुगेपछि उनले सांसदलाई फोन गरे धन्यवाद दिए । उनलाई सांसदले भने्- फेरि पनि समस्या पर्यो भने मलाई सम्झिनु, त्याे भनाइले उनी झनै खुसी भएकाे बताउछन । उनीहरु दुई जना त प्रतिनिधि पात्र हुन यस्ता धेरै विद्यार्थी घर आउन पाउँदा खुसी छ्न । र उनीहरूका परिवार पनि खुसी व्यक्त गरिरहेकाछन ।
काठमाडौमा समस्यामा परेका विद्यार्थीहरुलाई सांसद रावलको आफ्नो पहलमा आफै आर्थिक सहयोग गरेर २१० जना विद्यार्थी र अन्य केही स्थानियहरु आज कैलाली आईपुगेका छ्न । कैलालीको लम्की चुहा नगरपालिका, टिकापुर र जानकी गाउपालिका,र मोहन्यालका सबै आज घर पुगेका छ्न उनिहरुलाई सम्बन्धित पालिकाको पहलमा होम क्वारेटिनमा राखिने छ ।