
लकडाउनका कारण समस्यामा परेका महेन्द्रनगरका विद्यार्थीहरूलाई नेपाल विद्यार्थी संघ बैतडीले राहत वितरण गरेकाेछ । नेविसंघका बैतडी जिल्ला सदस्य रमेश मेहता र अनिल भण्डारीकाे सक्रियतामा बैतडी जिल्ला बाट अध्ययनको शिलशिलामा महेन्द्रनगरमा डेरा गरी बस्ने ४१ जना विद्यार्थीलाई चामल, दाल, तेल, नुन, साबुन सहयोग गरिएकाे हाे ।
विद्यार्थीहरुलाई स्थानिय सुरक्षाकर्मी र स्थानिय सरकारकाे समन्वयमा ताेकिएकाे सामाजिक दुरि कायम गरि राहत वितरण गरिएको नेता रमेश मेहताले जानकारी दिए ।
उक्त राहत वितरणका लागी शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउद, नेताहरु जितेन्द्र महता, दशरथ चाड, दिलेन्द्र रावल, पदम बोगटी, लोक ठकुराठी, उदय साउद तथा स्थानिय व्यापारी पाठक डेरी र सनराईज होटलले सहयोग गरेकाे नेविसंघले बताएकाेछ । साथै राहत वितरणका लागी नेपाल विद्यार्थी संघ बैतडी जिल्ला अध्यक्ष कपिल केसिले समन्वय गरेका थिए ।
अगामी दिनहरुमा संकटमा नेविसंघ सहयोग गर्ने प्रतिबद्ध रहेकाे नेताहरूले बताए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द