Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

महेन्द्रनगरमा विद्यार्थीहरूलाई नेविसंघ नेता मेहता द्वारा राहत वितरण

User Photo मङ्लबार, बैशाख १६, २०७७
काठमाण्डाै ।

लकडाउनका कारण समस्यामा परेका महेन्द्रनगरका विद्यार्थीहरूलाई नेपाल विद्यार्थी संघ बैतडीले राहत वितरण गरेकाेछ । नेविसंघका बैतडी जिल्ला सदस्य रमेश मेहता र अनिल भण्डारीकाे सक्रियतामा बैतडी जिल्ला बाट अध्ययनको शिलशिलामा महेन्द्रनगरमा डेरा गरी बस्ने ४१ जना विद्यार्थीलाई चामल, दाल, तेल, नुन, साबुन सहयोग गरिएकाे हाे ।

विद्यार्थीहरुलाई स्थानिय सुरक्षाकर्मी र स्थानिय सरकारकाे समन्वयमा ताेकिएकाे सामाजिक दुरि कायम गरि राहत वितरण गरिएको नेता रमेश मेहताले जानकारी दिए ।

उक्त राहत वितरणका लागी शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउद, नेताहरु जितेन्द्र महता, दशरथ चाड, दिलेन्द्र रावल, पदम बोगटी, लोक ठकुराठी, उदय साउद तथा स्थानिय व्यापारी पाठक डेरी र सनराईज होटलले सहयोग गरेकाे नेविसंघले बताएकाेछ । साथै राहत वितरणका लागी नेपाल विद्यार्थी संघ बैतडी जिल्ला अध्यक्ष कपिल केसिले समन्वय गरेका थिए ।

अगामी दिनहरुमा संकटमा नेविसंघ सहयोग गर्ने प्रतिबद्ध रहेकाे नेताहरूले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.